Logo

हेल्पर केयरिङ सर्कलद्वारा मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण



काठमाडौं, २९ मंसिर । हेल्पर केयरिङ सर्कलको आयोजनमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । यस संस्थाको सल्लाहकार गणेश पौडेलको प्रमुख अतिथ्यमा बिस्वास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम बुटवल ११ ,न्यु दुर्गानगरमा श्री मायादेवी जनजागृति आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको छ ।

यस कार्यक्रममा बोल्दै अध्यक्ष विश्वास घिमिरेले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै आईरहेको र क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरे । उनले आगामी दिन पनि क्लबले उक्त विद्यालयलाई सहयोग प्रतिबद्धता ब्यक्त गरे ।

क्लबले आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने विभिन्न लक्ष्य लिएको उनले बताए ।

त्यस्तैगरी, प्रमुख अतिथि क्लबका सल्लाहकार पौडेलले युवाहरुको सक्रियतामा राम्रा सामाजिक कार्यमा सधैं साथ रहने र समाजका किशोर– किशोरीको हकहितमा काम गर्ने भन्दै आगामी दिनमा राम्रा खालका सामाजिक कार्य गर्न आग्रह गरे ।

विद्यालयका अध्यक्ष नेत्रलाल राना कार्यक्रममा बोल्दै बिद्यालयमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदैँ आगामी दिन पनि हजुरले हामीलाई सहयोग गर्नुहुन्छ भने अपेक्षा राख्दै सस्थालाई आग्रह गरेका थिए ।

अतिथि सुनिल शाहीले युवाको हितमा काम गरेको भन्दै आगामी दिनमा अझै गाउँबस्तीमा पुगेर काम गर्न सफल रहोस् भनी आफ्नो व्यक्त गरे ।

कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबको उपाध्यक्ष सृष्टि बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो। संगीत मनोरन्जनको लागि गायक भुवन खड्का र बसन्त लम्सालको प्रस्तुती दिएका थिए ।

यस कार्यक्रममा सहभागी अतिथि तथा गायकहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो ।कार्यक्रममा उपस्थितिमा क्लबका कोषाध्यक्ष गणेश खरेलको रहेको थियो ।कार्यक्रममा उपस्थितिमा क्लबका कोषाध्यक्ष गणेश खरेल, अन्य सदस्यहरु एलिसा पौडेल , विश्व भुसाल, कपिल भुसाल र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबकी सचिव पुष्पा भुसालले सञ्चालन गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot