Logo

नेपाल सुपर लिग : आज वीरगञ्ज-पोखरा र चितवन-इलाम खेल्दै



काठमाण्डौं, मंसिर ३० । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो एक बजे वीरगञ्ज युनाइटेड र पोखरा थन्डर्स तथा बेलुका पाँच बजे एफसी चितवन र इलाम स्पोर्टिङबीच खेल हुनेछ ।

पोखरा ५ खेलमा ८ अङ्ककासाथ तालिकाको चौथो तथा वीरगञ्ज समान खेलमा ५ अंककासाथ आठौँ स्थानमा छ । त्यस्तै, चितवन ६ खेलमा ५ अंककासाथ तालिकाको सातौँ स्थानमा र इलाम समान खेलमा ४ अंककासाथ पुछारमा छ ।

आजका दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् । हिजो भएको खेलमा ललितपुर एफसी र झापा फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुर १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा यथावत छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot