काठमाडौं, पुस ३ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सम्मेलनको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा अहिले पोखरा जाँदैछन् ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताए। सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्द सत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ।
सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्द सत्रमा भाग लिनेछन् ।