Logo

एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग



काठमाडौं,३ पुस । नेकपा एमालेले एनसेलको शेयर खरिद-बिक्री प्रकरणबारे छानबिनका लागि गठित समितिप्रति आशंका गरेको छ ।

मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले सरकराले बनाएको समितिप्रति प्रश्न उठाएका हुन् । उनले विवादास्पद सेयर खरिदब्रिकी रोक्न सक्ने कि नसक्ने भनेर प्रश्न उठाए ।

‘२०८६ मा एनसेल सरकारको मातहत आउनुपर्ने हो तर सहज रूपमा नेपाल सरकार मातहत आउने देख्दिनँ । अब किनबेच भएपछि आउँदैन । जुन मूल्यमा बेच्ने भनेको छ त्यसमा सरकाले किन्न सक्छ कि सक्दैन’ उनले भने,‘छानबिन समितिको अध्यक्षमाथि प्रश्न उठेको छ । समितिको अध्यक्षनै एनसेलसँग जोडिएको भन्ने आएको छ । न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot