Logo

सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ बोलको गीत सार्बजनिक



काठमाडौं, ३ पुस । सञ्चारकर्मी सहदेव चौधरीले चोखो माया बोलको गीत बजारमा ल्याएका छन् ।

चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर रहेको छ । प्रेमको आग्रह गरिएको भावको गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन् ।

एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत–संगीततिर पनि चासो राख्छन् । ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो ।

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्