Logo

शेखरले गरे मधेस प्रदेश सम्मेलन बहिष्कार, आज देउवाले उद्घाटन गर्ने



काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभालाई उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

दुई दिनसम्म चल्ने सम्मेलन कांग्रेस प्रदेश सभापति कृष्ण प्रसाद यादबको सभापतित्वमा आयोजना हुन लागेको हो । सम्मेलनको पहिलो दिन आज उद्घाटन र भोली प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा बन्द सत्रको कार्यक्रम रहेको छ ।

सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् । उनी आज सुनसरीमा हुने कार्यक्रममा सहभागी हुदैछन् । कोइरला यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्