Logo

म्यानचेस्टर सिटीले जित्यो फिफा क्लब विश्वकप



रासस पुस ७ । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । सिटीले पहिलो पटक क्लब विश्वकपको उपाधि हात पारेको हो। गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी पाँच पटक र बार्सिलोनाले तीन पटक जितेको छ ।



प्रतिक्रिया दिनुहोस्