Logo

मन्त्री बनेको १ वर्षमा पर्यटनमन्त्री किराँतीले के-के गरे काम ? (पूर्णपाठसहित)



काठमाडौं,१० पुस । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्।

उनले आज सार्वजनिक गरेको एक वर्षको कामको विवरण अनुसार नेपाल वायुसेवा निगमको नयाँ जहाज खरिदको प्रक्रिया अघि बढेको, रात्रिकालीन उडान थालेको, निगमको व्यापार ३ गुणाले बढाएको,सम्पदा बसयात्राको सेवा परीक्षण गरेको, पर्यटन विश्वविद्यालय स्थापना अघि बढाएको लगायतका काम तथा प्रयास यो अवधिमा भएको छ।

त्यस्तै सम्पदा सरसफाइ निर्देशिका ल्याएर सम्पदा स्वच्छ राख्ने प्रयासदेखि अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गर्न सुरु गरिएको लगायतका काम यो अवधिमा भएका छन्। यहि अवधिमा कपिलबस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि पहल गरिएको छ ।

‘नेपाल घुमौं नेपाल चिनौं’कार्यक्रमलाई पनि अगाडि बढाईएको मन्त्री किराँतीले सार्वजनिक गरेको कार्यविवरणमा उल्लेख गरिएको छ । त्यसबाहेक सूचना प्रविधिको माध्यमबाट होटल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली लागू गरिएको लगायतका कामहरु मन्त्रालयले १ वर्षमा गरेको काममा समावेश छन्।

यस्तो छ किराँतीले एक वर्षमा गरेको कामको विवरण



प्रतिक्रिया दिनुहोस्