Logo

संस्कृत भाषाका अन्वेषक चार वेदका अनुवादक लुइँटेलको निधन



काठमाडौँ, १० पुस । संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ ।

मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उनका सहपाठी घनश्याम कोइरालाले जानकारी दिए । 

लुइँटेलले ऋग्वेद,सामवेद,यजुर्वेद,अथर्ववेद,मनुस्मृति,विदुरनीति,चाणक्यको सिद्धान्त,गरुडपुराण, श्रीमद्भागवतमहापुराण,छान्दग्योपनिषद,शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेका थिए । ‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उहाँले हिन्दीबाट नेपालीमा अनुवाद गर्नुभएको जनाइएको छ । लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाएका छन् । 

स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot