Logo

बेइजिङमा आगलागी हुँदा चार जनाको मृत्यु, पाँच घाइते



बेइजिङ, १२ पुस । बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहिबार बिहान आगलागी हुँदा चार जनाको मृत्य हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।

बिद्युतीय साईकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको दमकल विभागले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot