काठमाडौं, पुस १६ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सम्बतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । हाल विश्वको विभिन्न स्थानमा यो संवत् लागू रहेको छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।
सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विक्रम संवत जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव भने विश्वव्यापी छ । नेपालमा भने विक्रम संवत लागू छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि विदेशी आयोजनाका कार्यहरु र भ्रमणमा आउने विदेशीले यसलाई उपयोगमा ल्याउने गरेको पाइन्छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
सन् २०२३ लाई विदाई गर्दै नयाँ वर्ष २०२४ लाई स्वागत गर्दै एकआपसमा शुभकामना आदान प्रदान गर्दै विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायतका स्थानमा विशेष रुपमा यो पर्व मनाईएको छ ।