Logo

पीएम कप क्रिकेट: फाइनलमा पुग्न सुदूरपश्चिमले दियो कोशीलाई ८९ रनको लक्ष्य



काठमाडौं,१६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको दोस्रो क्वालिफार्यस खेलमा साविक विजेता सुदूरपश्चिमले कोशी प्रदेशलाई ८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन जोड्यो । सुदूरको लागि सम्झना खड्काले २५, विन्दू रावलले १७ तथा कविता जोशीले १५ रन थपिन् । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कोशीकी संगिता राईले २ तथा सवनमा राई, निशा साह र एलिसा खडियाले समान १ विकेट लिए । यस खेलको विजेताले उपाधिका लागि विभागीय टिम एपीएफसँग भिड्नेछ ।



प्रतिक्रिया दिनुहोस्