Logo

नयाँ वर्षको पूर्वसन्ध्यामा गोलाबारी, दुई जनाको मृत्यु आठ अस्पताल भर्ना



लस एन्जलस, १७ पुस । नयाँ वर्षको पूर्वसन्ध्याको पार्टीमा सोमबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जनालाई अस्पताल भर्ना गरिएको छ ।

लस एन्जलस प्रहरी विभागका अनुसार गोलीबारी स्थानीय समयअनुसार बिहान ०१ बजे एक गोदाम भवनमा आयोजित पार्टीको क्रममा भएको थियो । अधिकारी घटनास्थलमा पुग्दा, सडक तथा फुटपाथमा धेरै व्यक्ति सुतिरहेको देखिन्थे ।

एक पुरुष तथा एक महिलाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । पार्टीका अपरिचित व्यक्तिबीच झगडा भएका कारण गोली हानाहान भएको सो विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गोलाबारीको घटनामा १० जनाको ज्यान थियो ।

विभागले घटनाका पीडित सबै नयाँ वर्षको अवसरमा पूर्वसन्ध्याको पार्टीमा सहभागी भएको बताएको छ । गोलीबारीका कारण बारे अनुसन्धान जारी रहेको बताउदै घटनाको आशङ्कामा हालसम्म कसैलाई पनि पक्राउ नगरेको बताउदै थप विवरण उपलब्ध गराउने आग्रह गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot