काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले जनतामा बढ्दो नैराश्यता लगायतका कारण देशकोको राजनीतिक अवस्था अनिश्चित बनेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले देशको राजनीति अनिश्चित बन्दै गईरहेका बेला गत शुक्रबार ललितपुको बालकुमारीमा भएको दुई युवाको हत्यापछि जनतामा थप आक्रोस र नैराश्यता बिद्रोहको चरणमा पुगिसेको बताए । सरकारको काम बालकुमारीमा भएको दर्दनाक घटना नै बढ्दो चरम असन्तुष्टीको कारक रहेको बताउँदै उनले जनता अब विद्रोको चरणमा पुगिसकेको धाराणा राखे ।
प्रधानमन्त्रीले केहि समय अगाडिमात्रै आफ्नो एक वर्षे कार्यकालको अवधिमा गरेको सम्बोधनमा गरेका घोषणा र प्रतिवद्धताहरु पनि पूरा हुने नहुनेमा शंका व्यक्त गर्दै नेता खड्काले जनजिविकाको मुद्दामा केहि प्रभाव परेको छ की छैन भन्ने कुरामा सरकार दृढ भएर लाग्नुपर्ने र गरेका प्रतिवद्धताहरु पूरा गर्नुपर्नेमा जोड दिए।
निष्पक्ष, पादर्शी ढंगबाट र भ्रष्टाचाररहित सरकारका कामहरुबाट जनता प्रत्यक्ष लाभान्वित भए भएनन् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्याङकन गर्नुपर्ने नेता खडकाको भनाइ रहेको छ ।
यस्तै मन्त्री फेरबदलको प्रसंगमा नेता खड्काले काम र मूल्याङकनको आधारमा मन्त्री परिवर्तन गर्नुपर्नेमा जोड दिए । एक व्यक्तिमा मात्रै केन्द्रित भएर मन्त्री फेरबदल गर्न नहुने पनि नेता खड्काको भनाइ छ ।
मन्त्री परिवर्तन गर्नु नै पर्ने अवस्था आएमा गठबन्धनमा रहेका सबै दलहरुले गर्नुपर्ने बताउँदै नेता खड्काले एक दलले गर्दा अर्कोले नगर्दा राम्रो प्रभाव नपर्ने स्पष्ट पारे।
निर्वाचन हारेका व्यक्ति नारायणकाजी श्रेष्ठलाई छानीछानी पहिला भौतिक र अहिले गृहमा ल्याउनु पनि जनतामा बढेको निराशाको कारण रहेको बताउँदै नेता खड्काले जनताले जिताएका व्यक्ति सडकमा हिड्नु पर्ने र जनताले तिरस्कार गरेका व्यक्तिलाई महत्वपूर्ण मन्त्री पदमा राख्नुले जनतामा निराशा र विद्रोह बढेको जनाए ।