Logo

राष्ट्रिय सभाको सीट भागबन्डा गर्न फेरि बालुवाटारमा जुटे सत्ता गठबन्धनका नेता



काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको हो ।

बुधबार दिउँसो बसेको सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी रजनता समाजवादीको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलेलाई पनि समेटेर जाने प्रस्ताव गरेपछि आजको बैठक त्यसैमा केन्द्रित रहने जनाईएको छ ।

मंगलबार र बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्षको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभामा निर्वाचनमा समेट्ने लैजानेबारे सकारात्मक छलफल भएको थियो ।

आगामी फागुन २० मा एमालेका ९एक मनोनीत० सहित नौ जना, कांग्रेसका चार जना, माओवादीका तीन जना, एकीकृत समाजवादीका दुई जना र जनता समाजवादी पार्टीका एक र स्वतन्त्र एक सांसद गरी २० जना सांसदको पदावधि सकिँदै छ ।

जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot