Logo

राष्ट्रिय हित बिपरित सम्झौता त के कल्पना पनि गर्न सकिंदैन : प्रधानमन्त्री (तस्विरहरु)



काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीसँग भारतीय विदेश मन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका छन्। भेटबारे जानकारी दिंदै प्रधानमन्त्रीले विद्युत् व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा भएको जनाए। २० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने नभै यसमा नेपालको पनि निर्णय र साझेदारी रहने उनले जानकारी दिए।

संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सकेसम्म सर्वसम्मतिमा जोड दिइएको बताउँदै प्रधानमन्त्रीले संवैधानिक नियुक्तिमा विगतमा देखिएका बेथिति र समस्याहरू निवारण गर्न संशोधन विधेयक ल्याइएको बताए ।

फोटोः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्