Logo

नेपाल–भारत विद्युत व्यापार सम्झौता आफैंमा चमत्कार होः चन्द्र ढकाल



काठमाडौं, २० पुस । उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं व्यवसायी चन्द्र ढकालले नेपाल–भारतबीच भएको विद्युत व्यापार सम्झौता आफैंमा चमत्कार भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल–भारतबीचको विद्युत व्यापार सम्झौता उर्जा क्षेत्रमा ब्रेक थ्रु भएको उनले दाबी गरेका हुन् । उर्जा क्षेत्रमा नेपालको बजार निश्चित भएकाले नेपाली लगानीकर्ता र एफडिआईबाट भित्रिने लगानीमा सुधार हुने उनले बताए ।

‘केही समय पहिला नेपालका प्रधानमन्त्रीज्यू र भारतका प्रधानमन्त्रीज्यू बीच १० हजार मेगावाट विजुली लङट्रममा लिने भन्ने जुन सहमति भएको थियो । त्यसको फाइनल आज भएको छ । नेपालको लागि, नेपालको नीजि क्षेत्रका लागि र खास गरेर उर्जा क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुका लागि धेरैनै राम्रो काम भएको छ ।’ उनले भने, ‘यो सम्झौतापछि नेपालको प्राकृतिक स्रोत उर्जाको सदुपयोग गर्ने, नेपालमा मात्रै नभएर यो भारतको उर्जा क्षेत्रमा यसको प्रयोग हुन्छ । अर्थतन्त्रको क्रियाकलाप बढाउन यो कोशेढुंगा सावित हुन्छ भन्ने मैले बुझेको छु ।’

‘नेपालले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गरेर विक्री गर्ने सामथ्र्यता राख्छ ? भन्ने धमलाको प्रश्नमा उनले भने मार्केटको ग्यारेन्टी भएको भन्दै अब नेपालको उर्जा क्षेत्रमा लगानी भित्रिने विश्वास व्यक्त गरे । उक्त सम्झौताले नेपालका निजी क्षेत्रका लगानीकर्ता पनि उत्साहित भएको बताए ।

‘हामीले केही समय पहिला र अहिले उर्जा क्षेत्रमा लगानीको कुरा हेर्नुभयो भने डोमेस्टिक इन्भेष्टरमात्रै नभएर एफडिआईबाट आउने लगानीकर्तालाई यसले धेरैनै इन्करेज गर्छ ।’ उनले भने, ‘१० वर्षमा १० हजार मेगावाट विजुली सम्भव छ । मार्केटको ग्यारेन्टी हुनुपर्ने थियो । त्यो ग्यारेन्टी भएपछि मलाई लाग्छ, एकदमै सम्झव छ । नेपालको नीजि क्षेत्र पनि त्यत्तिकै उत्साहित छ ।’

नेपालमा एफडिआईबाट आएका कम्पनीहरुको प्रतिफल धेरैनै राम्रो रहेको उनले बताए । नेपालको उर्जा क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानी भित्रिनेमा उनले विश्वास व्यक्त गरे । नेपालकै लगानीकर्ताले पनि नेपाल भारत विद्युत व्यापार सम्झौतापछि उर्जा क्षेत्रमा लगानी गर्ने उनको बुझाइ छ । नेपालमा लगानीको सम्भावना र प्रतिफलको ग्यारेन्टी रहेको उनले बताए । सम्झौताले नेपालमा लगानी गरेर बेनिफिट लिन सकिन्छ भन्ने कुरामा लगानीकर्तामा कन्फिडेन्ड विल्डअप गरेको उनको दाबी छ ।

‘मलाई नेपालमा सम्भावनानै सम्भावना छ जस्तो लाग्छ । टुरिजम् क्षेत्रमा पनि त्यत्तिकै छ । अब हाइड्रोको त कुरै भएन । यहाँ लगानी गरेर धेरै ठूलो बेनिफिट लिन सकिन्छ भन्ने कुराको कन्फिडेन्ड विल्डअप आजको सम्झौताले गरेको छ । उर्जामा हन्डे«ड प्रतिशत चमत्कार भयो ।’ उनले भने, ‘१० हजार मेगावाटको इनिसियल एग्रिमेन्ट भएको छ, मलाई लाग्छ आउने दिनमा यो डिमाण्ड बढेर जान्छ भन्ने मेरो विश्वास छ । नेपालका उद्यमीहरुले अब लगानी त गर्छन् नै एफडिआईबाट आउने लगानी बढ्छ भन्ने मेरो विश्वास छ । मार्केट ग्यारेन्टी भएको हिसाबले भारतीय लगानीकर्ता पनि आउनुहुन्छ ।’

साथै, अर्थतन्त्र सकारात्मक लयमा फर्किने क्रममा रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot