काठमाडौं, २० पुष । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । सो बैठकमा विभिन्न विषयमा छलफल भएर निर्णय भएको छ । एमालेले राष्ट्रियसभाको १९ वटै सीटमा उम्मेदवारी दिने निर्णय गरेको बैठकपछिको पत्रकार सम्मेलनमा महासचिव शंकर पोख्रेलले जानकारी दिए ।
पोख्रेलले भने,‘उम्मेदवारको बिषयमा हामीले आज प्रारम्भिक छलफल गरेका छौं। हामीले २३ गते १९ सीटै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम