काठमाडौं, पुस २३ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ ।
हिजो (आइतबार) बिहान बसेको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो। तीनैजनाबीच आज विहान भएको छलफलबाट उम्मेदवारको नाम टुङ्गो लगाएको हो।