काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
सोमबार मनोनयन दर्ता गरेका दुई जना उमेदवारविरुद्ध उजुरी परेको थियो । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत उमेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय आज सकिएसँगै नामावली प्रकाशित हुनेछ ।
भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारलाई नाम फिर्ता लिन दिएको समय सकिएसँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । आयोगले पुस २८ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।
निर्वाचनमा सात प्रदेशमा एक(एक मतदान स्थल र दुई(दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।