Logo

इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन :इजरायली प्रधानमन्त्री नेतन्याहू



जेरूसेलम, २५ पुस । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गरेका हुन् ।

नेतन्याहूले भने, “इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।”

उनले गाजामा इजरायलले गरेको बमबारी हमासका लडाकूहरुलाई लक्षित गरी गरिएको र हामीले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै यस्तो गरिरहेको बताएका छन् ।

नेतन्याहूले भने, “इजरायली सेनाले नागरिक हताहत कम गर्न सक्दो प्रयास गरिरहेको छ भने हमासले प्यालेस्टिनी नागरिकलाई मानव ढालको रूपमा प्रयोग गरेर उनीहरूलाई अधिकतम बलियो बनाउन सक्दो प्रयास गरिरहेको छ ।

“हाम्रो लक्ष्य गाजालाई हमासका ‘आतङ्ककारी’ लडाकूहरूबाट मुक्त गर्नु र हाम्रा बन्धकहरूलाई मुक्त गर्नु हो,” उनले भने ।

अक्टोबर ७ मा हमासले अचानक आक्रमण सुरु गरेयता सयौं हमास लडाकू र गाजावासीले दक्षिणी समुदायमा आक्रमण गर्दा प्रारम्भिक आक्रमणमा ७९० सर्वसाधारणसहित इजरायलमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

हमासले २५३ जनालाई बन्धक बनाएको थियो भने गाजामा १३२ जना अझै पनि रहेका छन् ।

यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको सङ्ख्या २३ हजार ३५७ पुगेको र गाजाको २३ लाख जनसङ्ख्यामध्ये करिब १९ लाख विस्थापित भएको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot