Logo

चन्द्र भण्डारीको प्रश्न: कस्तो अबस्थालाई प्रेम र कुन अवस्थालाई बलात्कार मान्ने ? कानुनी व्याख्या आवस्यक छ



काठमाडौं,२६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारीले प्रेम र बलात्कारबारे कानूनी कानुनी व्याख्या आवस्यक रहेको बताएका छन् ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकिएको भोलिपल्ट उनले सामाजिक सञ्जालमा स्टाटस लेख्लै बलात्कार र प्रेमबारे कानुनी व्याख्या आवस्यक रहेको बताएका हुन् ।

‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवस्यकता छ । कस्तो अबस्थालाई प्रेम ? र कस्तो अबस्थालाई बलात्कार? बलात्कार भनेको के हो ?अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हॅुदैन ? परिभाषाको आवश्यकता!!’ डा.भण्डारीले लेखेका छन् ।

यसअघि बुधबार नै गण्डकी प्रदेशका एमाले सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।

बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए,‘विदेशीको इशारामा एक होनाहार क्रिकेटरलाई बलि चढाइयो ।’

पुस १३ गते बलात्कार मुद्दामा जिल्ला न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई दोषी ठहर गरेकोमा बुधबार ८ वर्षको कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्तिको आदेश सुनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot