काठमाडौं, पुस २७। अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आज उम्मेदवारहरूले नाम फिर्ता लिन सक्ने छन् ।
आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । भोलि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनमा सात प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।