Logo

प्रतिगामी शक्तिहरुले व्यवस्थामाथि धावा बोलिरहेका छन् : माधव नेपाल (भिडिओसहित)



काठमाडौं, २७ पुष । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका कतिपय नेताहरुले आफ्नो ठाउँको बारेमात्रै सोच्ने गरेको र जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको गुनासो पोखेका छन् ।

उनले अहिले प्रतिगामी शक्तिहरुले अहिलेको व्यवस्था र परिवर्तनमाथि धावा बोलिरहेको टिप्पणी गरेका छन् । उनले दुर्गा प्रसाईंलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । उनले व्यवस्थाका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको बताए ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot