Logo

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशका राप्रपा उम्मेदवार थापाले लिए उम्मेदवारी फिर्ता



काठमाडौं,२७ पुस । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका लागि मनोनयन दर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार निरञ्जनकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको १९ सिटको निर्वाचनमा सातै प्रदेशमा गरी ५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि माघ ११ गते निर्वाचन हुन् लागेको हो ।



प्रतिक्रिया दिनुहोस्