Logo

उत्तरी गाजामा त्रासदीपूर्ण मानवीय अवस्था रहेको संयुक्त राष्ट्रका प्रवक्ताको भनाइ



संयुक्त राष्ट्र, २७ पुस । संयुक्त राष्ट्रका प्रवक्ताले बिहीबार उत्तरी गाजामा अस्वभाविक रुपमा बिग्रँदै गएको मानवीय सङ्कटलाई प्रकाश पार्दै राहत कार्यमा अवरोधहरू खडा भएको बताएका छन् ।

नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले ‘जनवरी १–१० बीचमा खाद्यान्न, औषधि, पानी र अन्य जीवन उपयोगी सहायता मात्रै वितरण भएको जनाएका छन् । गाजा शहरमा चिकित्सा आपूर्ति तथा गाजा शहर र उत्तरमा पानी र सरसफाइ सुविधालगायत इन्धन समावेश गरिएको छ । यसलाई इजरायली अधिकारीहरूले भने अस्वीकार गरेका थिए ।

डुजारिकले हालको अवस्थालाई अघिल्लो महिनाहरूसँग तुलना गर्दै सहायता पहुँचमा उल्लेखनीय गिरावट रहेको उल्लेख गरे । गत वर्षको डिसेम्बरको दरको तुलनामा जनवरीमा अहिलेसम्म देखिएको पहुँच दरमा उल्लेखनीय ह्रास देखिएको उनको भनाइ छ ।

डिसेम्बरमा ७० प्रतिशतभन्दा बढि जनवरीको सुरुमा १४ प्रतिशतको दरमा गिरावट आएको उल्लेख उनले उल्लेख गरेका छन् । विविद अवरोधको मानवीय लागतलाई उजागर गर्दै, डुजारिकले हरेक दिन उत्तरी गाजामा रहेका लाखौँ मानिसको ज्यान गुमाउने पीडामा मद्दत गर्न असमर्थ भएको उल्लेख गरेका छन्।

यसैगरी संयुक्त राष्ट्रसङ्घ आपतकालिन राहत संयोजक मार्टिन ग्रिफिथ्सले गाजाको स्वास्थ्य क्षेत्रको सामाजिक अवस्था चित्रण गर्दै गाजामा स्वास्थ्य क्षेत्र बिस्तारै निस्सासिएको बताएका छन् ।त्यसको भयावह नतिजाबारे उल्लेख गर्दे उनले गर्भवती आमाले सुरक्षित रूपमा बच्चा जन्माउन नसक्ने,बालबालिकालाई खोप लगाउन नसक्ने , बिरामी तथा घाइतेले उपचार नपाउने अवस्थाको कारण मानिसको मृत्यु भइरहेको बताएका छन् ।

युद्ध नियमको बाबजुत पनि मानवीय पक्षको दृष्टीकोणबाट कार्यकर्तासहित नागरिकको आवश्यक सुरक्षा गर्नु अत्यावश्यक रहेको उनले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot