Logo

रोहितले ४ विकेट चट्काएपछि पीएम कपमा एपीएफको विजयी सुरुआत, बागमतीको लगातार दोस्रो हार



काठमाडौं, २९ पुस । नवनियुक्त कप्तान रोहित पौडेलको शानदार बलिङ तथा मध्यमक्रममा ब्याटर सन्दीप जोराको शतकीय पारीको मद्दतमा उपाधि दावेदार एपीएफले प्रधानमन्त्री कप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा एपीएफले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको बागमती ४३ ओभरमा १५२ रनमा समेटिएपछि एपीएफले सहज जित निकालेको हो । बागमातीका लागी कप्तान रित गौतमले ६० रनको अर्धशतक तथा आसुतोष घिरैयाले ४१ रन जोडे । त्यस्तै रविन जोशीले २० रन थपेपनि पिटमलाई जिताउन सकेनन् ।

यो पनि https://reportersnepal.com/2024/01/902608

एपीएफको यो पहिलो खेल र पहिलो जित हो भने बागमतीले लगातार दोस्रो हार ब्यहोरेको छ । शनिबार बागमती पहिलो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।

यसअघि त्रिवि मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले सन्दीप जोराको शाानदार शतकमा २४१ रनको योगफल जोडेको थियो । त्यसक्रममा जोराले ११७ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै ११२ रनको शतकीय पारी खेलेका थिए ।

यो पनि https://reportersnepal.com/2024/01/902516/

पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण शतकीय पारी खेलेका हुन् । यसवर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।

४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्‍याएका थिए ।

त्यस्तै एपीएफका लागि आशिफ शेखले १५, अमर रौटेललाले २२ तथा अविनाश बोहराले १८ रन जोडे भने १८ रन अतिरिक्तमा पाएको थियो । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन तथा रिजन ढकाल र प्रतिश जिसिले समान २ विकेट लिए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot