Logo

प्रधानमन्त्री कप क्रिकेट : आजका तीन खेल सुरु



काठमाडौं, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । जसअन्तरगत अहिले विहान बिहान ९ : १५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल सुरु भएको छ ।

त्यस्तै, ९ : १५ बजेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच खेल सुरु भएको छ । त्यस्तै, विहान ९ बजेदेखि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच तेस्रो खेल भइरहेको छ ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ । यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् । दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot