Logo

तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफल विषय



काठमाडौं, माघ ३ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तरगत अहिले बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सडक सुरक्षाको विषयमा छलफल हुँदैछ। बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भएका काम कारवाहीबारे छलफल हुनेछ ।

त्यस्तै, साढे ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने भएको छ । छलफलका लागि त्रिविका उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई बैठकमा बोलाइएको छ ।

दिउँसो सवा १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot