Logo

एमडीएमएस र टेरामक्स खरिदका कागजात ७ दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं,४ माघ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विदेशबाट ल्याइने मोबाइल फोन दर्ता गर्ने मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स खरिदसम्बन्धी अहिलेसम्मका सबै कागजात पेश गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले उक्त दुई प्रणाली खरिदमा देखिएको अनियमितताबारे अध्ययनका लागि अहिलेसम्मका सबै विवरणसहितको कागजात ७ दिनभित्र झिकाउने निर्णय गरेको हो।

एमडीएमएस र टेरामक्स दुवै प्रविधि नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेका हुन् । अनियमितताका कारण दुवै खरिदका निर्णय विवादमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै प्रणाली खरिदको फाइलमाथि अनुसन्धान गरिरहेको छ ।

गतमहिना नै सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमाथि अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको थियो । लेखा समितिले नै सरकारलाई टेरामक्स प्रणाली कार्यान्वयन अघि नबढाउन निर्देशन दिएको थियो



प्रतिक्रिया दिनुहोस्

Screenshot