Logo

रुखबाट लडेर महिलाको मृत्यु



दाङ, माघ ७ । रुखबाट लडेर तुलसीपुर–१३ बखरियाकी एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुका घर नजिकैको जङ्गलमा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको उनकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिइन्।

बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकी जङ्गल खोज्न जाँदा घाइते अवस्थामा फेला पारेको थियो । उनको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot