Logo

हेटौंडा जाँदै पूर्व राजा ज्ञानेन्द्र शाह



काठमाडौं,७ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह आज हेटौंडा जाँदैछन् ।

हेटौंडामा रहेका धार्मिक क्षेत्रहरूको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाटका उनी त्यहाँ जान लागेको राप्रपा मकवानपुरले जनाएको छ ।

पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौँडा-१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ ।

उनी हेटौँडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र दिउँसो २ः३० बजे हेटौँडा-१० स्थित भुटनदेवी मन्दिरमा पुग्नेछन् । पूर्व राजा शाह पछिल्लो समय देश दौडाहामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot