Logo

ढकालको घातक बलिङसामू निरीह कर्णाली, २४ ओभरमा ७८ रनमा अलआउट



काठमाडौं,८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत कर्णाली प्रदेशले बागमती प्रदेशलाई ७९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा पहिला ब्याटिङ गरेको कर्णाली २४।२ ओभरमा ७८ रनमा अलआउट भयो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । १८ रन कर्णालीले अतिरिक्तमा पाएको थियो ।

बलिङतर्फ बागमतीका रिजन ढकालले घातक बलिङ गरे । ७ ओभर बलिङ गरेका उनले २५ रन दिएर ५ विेकट लिए । कृजल गुरुङले २ विकेट लिएको खेलमा सूर्य तामाङ, विपीन आचार्य र प्रतिश जिसीले समान १ विकेट लिए ।

अंक तलिअकामा बागमतीको ५ खेलमा ६ अंक छ । कर्णालीको ४ खेलमा ४ अंक रहेको छ । आजको खेलमा जित हासिल गरे बागमती शीर्षस्थानमा उक्लने अवसर हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot