Logo

चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेंलो चेतावनी जारी



बेइजिङ, ८ माघ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेंलो रङको चेतावनी सङ्केत जारी गरेको छ ।

सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान र गुआङ्सीका केही भागमा हिमपात सहित आँधी आउने प्राधिकरणले जनाएको छ । यसै बीच राष्ट्रिय मौसम विज्ञान केन्द्रले २ सेन्टिमिटरदेखि ६ सेन्टिमिटरसम्म हिमपात हुने बताएको छ । साथै गुइझोउ, युनान र गुआङ्सीका भागहरूमा चिसो वर्षा हुने पनि अनुमान गरिएको छ ।

हिउँ पर्ने मौसममा पैदल यात्रु र चालकलाई थप सावधानी अपनाउन र सडक, रेलमार्ग, विद्युत र दूरसञ्चारमा सावधानी अपनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

चीनसँग चार-स्तरीय, रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर मौसमलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला, पहेंलो र निलोले क्रमशः कम खताराको प्रतिनिधित्व गर्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot