Logo

ललितपुर नापी कार्यालयका सर्भेक्षकसहित ३ जना अख्तियारको नियन्त्रणमा



काठमाडौं, माघ १०। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लतितपुरका नापी सर्भेक्षक रामविर यादवसमेत ३ जनालाई घुससहित नियन्त्रणमा लिएको छ । सर्भेक्षक यादवसमेतले जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

आयोगको टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर नापी कार्यालय,परिसरवाट आज मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवत्ता नरहरी घिमिरेले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot