Logo

गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धान : पक्राउ परे सुनिल पौडेल र विकल पौडेल



काठमाडौं, १० माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई पक्राउ गरेको छ । उनीसँगै सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धान भएको थियो । सो अनुसन्धानको लागि बयानका लागि बोलाउदा हाजिर नभएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो । आज पक्राउ परेका उनीहरुलाई भोलि (बिहीबार) विशेष अदालतमा उपस्थिति गराईने भएको छ ।

राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार : टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दा दायर

नेपाल टेलिकमका एमडी सुनिल पौडेलसँग अख्तियारको बयान जारी, आजै बयान टुँगिए अभियोजन गर्ने तयारी



प्रतिक्रिया दिनुहोस्