काठमाण्डौं, माघ ११ । काठमाण्डौ उपत्यकामा आज यो वर्षको कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार उपत्याकामा छिटपुट वर्षा भएपछि आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियसमा झरेको छ ।
यसअघि गतसोमवार काठमाण्डौको न्यूनतम तापक्रम तीन दशमलव २ डिग्री मापन गरिएको थियो । आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ ।
पश्चिमी वायुको समान्य प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात भएको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ४, डडेलधुराको १ दशमलव ७ डिग्री, दीयापलको शून्य दशमलव ८ र धनगढीको १ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।