Logo

श्रीलङ्काको पुनर्वास केन्द्रबाट ४० कैदी फरार



कोलम्बो, ११ माघ । श्रीलङ्काको उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बिहीबार बताएका छन् ।

कैदीहरू दुव्र्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले सञ्चारमाध्यमलाई बताए ।

प्रहरीले झडपलाई नियन्त्रणमा लिएको तथा भाग्नेहरूलाई पक्राउ गर्नका लागि खोजी अभियान सुरु गरेको उनले बताए । यस्तै जनवरी १२ मा ६० जनाभन्दा बढी कैँदीहरू केन्द्रबाट भागेका थिए ।

न्याय, कारागार मामिला तथा संवैधानिक सुधार मन्त्री विजयदास राजापाक्षेले काणाकादुको व्यवस्थापन परिवर्तन गर्न आवाश्यक कदम चाल्ने बताए ।

डिसेम्बर २०२३ मा पनि दुई समूहबीचको झडपको क्रममा १३० भन्दा बढी कैदीहरू जेलबाट भागेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot