Logo

आज अफगानिस्तानको सामना गर्दै नेपाल, जित्नैपर्ने दवाव



काठमाण्डौं, माघ १२ । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् ।

अफगानिस्तानसँग आज जित्नै पर्ने दवावमा रहेको नेपाल यसअघि भएका दुईवटा खेलमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले पनि यसअघि भएका दुवै खेलमा हार ब्यहोरेको छ । आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot