Logo

देशभर चिसो बढ्यो, आज कहाँको तापक्रम कति?



काठमाडौं, माघ १३ । काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो र अस्ति काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।

हिमाली भेगको तापक्रम शूून्यबाट पनि तल झरेको छ भने तराई मधेशमा पनि तापक्रम एकरदुुई डिग्रीसम्म पुुग्ने गरेको छ । जुम्लाको माइनस ५ दशमलव २, मुुस्ताङ जोमसोमको माइनस ५ दशमवल ५ र दोलखा जिरीको माइनस १ डिग्री सेल्सियस छ ।

यस्तै डडेलधुराको २ दशमलव १, दिपायलको १ दशमलव ९, विरेन्द्रनगरको २ दशमलव ६ र ताप्लेजुङको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । आज पनि देशका धेरै ठाउँमा बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्