Logo

आहारारा गोल्डकप : आजको खेल जित्ने टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्ने



काठमाण्डौं, माघ १३ । २३ औँ आहा! रारा पोखरा गोल्डकपमा आजदेखि क्वार्टरफाइनलका खेल हुदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने छ ।

प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–० ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा पुगेको हो । भुटानी क्लब पारो भने बाइ पाएर सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको पोखरा गोल्डकपमा पहिलो सहभागिता हो ।

आजको खेल जित्ने टोलीले माघ १७ गते जाउलाखेल र मनाङमर्स्याङ्दीमध्ये एउटासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्