Logo

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आज कर्णाली र आर्मी तथा लुम्बिनी र मधेश खेल्दै



काठमाण्डौं, माघ १४ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल अहिले सवा नौ बजे शुरु हुनेछ ।

७ खेलमा तीन खेल जितेको कर्णाली तालिकाको सातौँ स्थानमा छ । ६ खेलमा चार खेल जितेको आर्मी चौथो नम्बरमा छ । यस्तै मुलपानी क्रिकेट मैदानमा सवा नौ बजे शुरु हुने खेलमा लुम्बिनी र मधेश प्रदेश खेल्दैछन्।

६ खेलमा एक खेल मात्रै जितेको लुम्बिनी तालिकाको नवौँ स्थानमा छ । आठ मध्ये पाँच खेल जितेको मधेश तेस्रो नम्बरमा छ । प्रतियोगितामा अहिलेसम्म खेलेका ६ वटै खेल जितेको नेपाल पुलिस क्लब पहिलो र नौ मध्ये ६ खेल जितेको बाग्मती दोस्रो स्थानमा छन् । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागीता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्