Logo

सिनरले जिते अस्ट्रेलियन ओपनको उपाधी



काठमाडौं, माघ १५ । सन् २०२४ को अस्ट्रेलियन ओपनको उपाधी जेननिक सिनरले हात पारेका छन्। इटलीका जेननिक सिनरले रूसका डेनियल मेदवेदेवलाई पराजित गर्दै एकल पुरुष तर्फको उपाधि जितेका हुन् ।

आइतबार राती सम्पन्न फाइनल खेलमा सिनरले मेदवेदवलाई ३–६, ३–६, ६–४, ६–४ र ६–३ ले पराजित गर्दै उपाधीमा चुमेका हुन् । २२ वर्षिय सिनरको यो पहिलो गै्रन्ड स्लाम उपाधी हो। त्यस्तै, यसवर्षको अस्ट्रेलियन ओपन महिलाको उपाधी साविक विजेता बेलारूसकी अरीना सबालेले जितेकी छिन्। उनले सन् २०२३ मा पनि उपाधि जितेकी थिइन्।

त्यसैगरी भारतका रोहन बोपन्ना र अस्ट्रेलियाका म्याथ्यू एबडेनले पुरुष डबल्स तर्फको उपाधी हात पारेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot