Logo

आगलागीमा चार सय बढी सवारीसाधन जलेर नष्ट



काठमाडौं, माघ १६ । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा चार सय भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ ।

उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो । आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो । आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ । आगलागीको कारण भने खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot