Logo

सहिद दिवस मनाउन वनमन्त्री डा. महतो राष्ट्रिय सहिद पार्क गोकर्ण जगडोलमा



काठमाडौं, १६ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो काठमाडौंको गोकर्ण जगडोलमा रहेको राष्ट्रिय सहिद पार्कमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा मन्त्री महतोले वृक्षारोपण गर्नेदेखि सम्मान गर्नेसम्ममा व्यस्त भए । आजबाट साताव्यापी सहिद दिवस सुरु भएको छ।

सहिद दिवसको अवसरमा आज (मंगलबार) राष्टिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) र यज्ञडोल (जगडोल) सामूदायिक वन तथा पर्या पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले आयोजना राष्ट्रिय सहिद दिवस-२०८० भेला तथा कार्यक्रममा मन्त्री महतोले सहिदरुको योगदानको प्रशंसा गर्दै उनीहरुको सपनालाई साकार पार्नुपर्ने बताए । सो क्रममा मन्त्री महतोले सहिदका सपना साकार पार्नको लागि तीनै तहका सरकारले मन, वचन र कर्मले काम गर्नुपर्ने बताए ।

मन्त्री महतोको प्रमुख आतिथ्यतामा सम्पन्न उत्तः कार्यक्रम राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्सन सिग्देलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघीय सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसे, बागमति प्रदेश सभा सदस्य विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल र उपप्रमुख सान्नानी लामाको विशेष आतिथ्यता रहेको थियो ।

Photo Source: Rukesh Sah



प्रतिक्रिया दिनुहोस्

Screenshot