Logo

इमरान खानलाई निर्वाचनअघि १० वर्षको कारागार सजाय



काठमाडौं, माघ १७ । पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै १० वर्षको कारागार सजाय सुनाएको छ । खानका समर्थकहरूले संसदीय निर्वाचनको केही दिनअघि कैदमा परेका राजनीतिज्ञलाई किनारा लगाएको बताएका छन् ।

सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहेकाले निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित हुनेछन्। उनीविरुद्ध एक सय ५० भन्दा धेरै अन्य मुद्दा अझै विचाराधीन छन् ।

गत वर्ष खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन भए पनि अधिकारीहरूले त्यतिबेलादेखि इस्लामवादी राजनीतिज्ञका समर्थक र पार्टीमाथि करवाही गरेका छन् । यसबाट उनीहरू नयाँ र्यालीहरू आयोजना गर्न सावधान भएका छन् । आर्थिक सङ्कटमा फसेको संवेदनशील समयमा पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot