Logo

एमाले उपाध्यक्ष ज्ञवालीको चेतावनी, ‘बहुमतको आधारमा टिआरसी विधेयक पास भए ठीक हुँदैन’



काठमाडौं, १८ माघ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन एमालेले शर्तैशर्त सार्यो भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आफूहरुले टिआरसी विधेयक यही सदनबाट पारित गर्नुपर्ने अडान लिएको बताए । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टिआरसी विधेय सद्नमा व्यापक छलफलपछि पीडितलाई केन्द्रमा राखेर पास गरिनुपर्ने बताएका हुन् ।

टिआरसी विधेयकलाई अल्मल्याएर राख्नु देशका लागि नोक्सान हुने उनको भनाइ छ । तर, एमालेले जस्तो पनि विधेकयलाई पास गर्न नदिनेसमेत उनले बताए । आफूहरुले त्यही विधेयकले गर्दा देशमा नयाँ द्वन्द्व सिर्जना नहोस्

‘टिआरसी विधेयकलाई पारित त गर्नुपर्छ । व्यापक छलफल गरेर पारित गर्नुपर्छ । बहुमतको आधारमा भएपनि पास गर्नुपर्छ भन्ने किसिमले जान खोज्दैछन् । त्यो चाहीँ ठीक हुँदैन । हामीले अरु धेरै कुरा त्यसमा खोजेकै होईन, लेनदेन गर्न खोजेकै होईन । पीडित केन्द्रीत होस् भन्ने हाम्रो निश्कर्ष हो । विषय वस्तुमा केन्द्रीत भएर जाँदा के विषय पीडित केन्द्रीत हुन्छ ? के विषय हुँदैन भन्ने कुरा बुँदागत रुपमा छलफल चल्दै जाँदा आउँछ नि विषय त,’– उनले भने ।

एमालेले पीडितलाई न्याय दिनेगरी, सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान हुने गरी र गम्भीर प्रकृतिको अपराधमा छुट नहुने गरी अन्तर्राष्ट्रिय समुदायलाई पनि स्वीकार्य हुनेगरी टिआरसी विधेयक पास हुनुपर्ने माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot