Logo

सीमभञ्ज्याङ र दामनमा हिमपात



काठमाडौं, माघ १९ । मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहिबार साँझ हिमपात भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन् ।

इलाका प्रहरी कार्यालय थाहानगरका अनुसार सीमभञ्ज्याङ क्षेत्रमा विहिबार साँझदेखि हिमपात सुरु भएको छ। यस्तै काठमाडौंको चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी बिदुर न्यौपानेले बताए ।



प्रतिक्रिया दिनुहोस्