Logo

गुल्सनले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं,१९ माघ । यू-१९ विश्वकप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ । नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका हुन् ।

पाचौँ ओभरको पाचौँ बलमा गुल्सनले सिंहलाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराए। १८ बलमा ४ चौका बनाएका आर्दश २१ रनमा आउट भए।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ५ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । ओपनर अर्शिन कुलकर्णी ५ र प्रियान्शु मोलिया क्रिजमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot