Logo

सरकारविरुद्ध सडकमा आउन युवालाई विष्णु पौडेलको आह्वान



काठमाडौं, २० माघ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारलाई दबाब दिन युवा सडकमा आउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा संंघ नेपाल रुपन्देही प्रचार विभागले हिजो (शुक्रबार) आयोजना गरेको फुटसल प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सरकारको विकास विरोधी गतिविधिका विरुद्ध सडकमा आउन आवश्यक रहेको बताएका हुन् ।

उनले गठबन्धन सरकारको काम विकास विरोधी भएकाले सरकारका विरुद्ध युवालाई सडकमा उत्रिन आग्रह गरे । आन्दोलनमार्फत सरकारलाई दबाब दिनुपर्नेमा उनले जोड दिए ।

पौडेलले सरकारको कारण देशको अवस्था जटिल बन्दै गएको र दैनिक रूपमा युवा विदेश पलायन हुने अवस्था सिर्जना हुँदा पनि सरकारले केही गर्न नसकेको बताए । उनले भने– सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै योजना ल्याउन सकेको छैन । युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने र त्यसका लागि दबाब दिनु आवश्यक भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot